बुटवलमा लागु औषधको कारोवार गर्ने गिरोह पक्राउ

– कृष्ण खनाल

 

बुटवल चैत १५ – लागु औषधको कारोवार गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरी बुधबार बुटवलमा सार्वजनिक गरेको छ ।

 
अाचल प्रहरी कार्यालय लुम्बिनी जिल्ला प्रहरी कार्यालय रुपन्देही  र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको अपे्रसन ब्लाल्क एण्ड हवाईट अपरेसन अनुसन्धान टोलिले पक्राउ गरेको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अाचल प्रहरी प्रमुख बोमबहादुर भण्डारीले बताउनुभएको छ ।

 
लामो समयदेखि लागु औषध कारोवार गर्दै आएका भारत हरियाणाका ३८ वर्षिय जसमिर िसंहलाई गत पुस १७ गते ईप्रका बुटवलले चेकजाच गर्दा बुटवल १५ नयाँ गाउँबाट भारतीय प्लेट नम्वर एचआर ५ एल ९४०० को सेन्ट्रोकारसहित पक्राउ गरेको अाचल प्रहरी प्रमुख भण्डारीले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।


प्रमुख भण्डारीका अनुसार भारतीय जसमिरलाई गाडीसहित प्रकाउ गरेपछि अनुसन्धान गर्ने क्रममा  लागुऔषध तथा नक्की भारतीय नोटको कारोवारमा संलग्न ६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा बाग्लुङ निसी ७ का ४३ वर्षिय ढालबहादुर घर्ती मगरबाग्लु्रङ निसी ५ का २८ वर्षिय रणकहादुर बुढाबाग्लु्र निसीकै १९ वर्षिय दिपेन घर्ती मगर बुटवल ४ मा डेरा गरी बस्ने बाग्लुङ सेराका २४ वर्षिय विवेक घर्ती मगरबाग्लुङकै  धनबहादुर अर्गेजा मगर र म्याग्दी खवातुङ-२  दरवाङका तमबहादुर पुन मगर रहेका छन् । 

 
प्रहरीले उनीहरुबाट २४ किलो १ सय ग्राम  सेतो हिरोइन  र चरेस बरामद गरेको छ ।


सर्वाजानिक अभियुक्तहरुले नेपालबाट लागु औसध चरेस भारततर्फ निकासी गर्ने र भारतबाट हिरोइन नेपालमा भित्रायाउने   गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


  उनीहरु भारतमा समेत लागु औषधको कारोवारमा संलग्न भई भारतमा जेल सजाय समेत भोगेका र उक्त जेलमा बस्दा भरतीय  नागरिक जसमिर िसंहको सम्र्पकमा आएपछि पुनः नेपालमा आएर लागुऔधको कारोवारमा संलग्न भएको प्रहरी अनुसन्धान खुलेको अाचल प्रहरी प्रमुख भण्डारीले बताउनुभएको छ ।


  रोल्पारुकुम  वाग्लुङका विभिन्न गाँउबाट चरेस संकलन गरी दाङ्गकपिलवस्तुको चन्द्रौटा र बुटवलको बाटो प्रयोग गरी भारतको हिमााचल गोवा र दिल्लीलगायतका स्थानमा निकासी गरेको प्रहरीले जनाएको छ ।


  जसमिर िसंहको जिउमा खानतलासी गर्दा कपडामा रहेका ५ सय र १ हजार दरका भारतीय नोट २ लाख ३४ हजार ५ सय र १२ सय थान मेमोरी कार्ड भेटिएकोमा उक्त अभियुक्त भारतीय नागरिक जसमिर िसंहले २ लाख ३४ हजार ५ सय रुपैया बरावरको धरौटी राखी मुक्त भएको र पछि भारतमा गएर गाडी छुटाउनको लागि गाडिको मुल्य भन्दा बढि रुपैयाको कुरा गरेपछि अनुसन्धान गर्दा २४ किलो १ सय ग्रंाम सेता धुलो लागु औधस फेला परेको प्रहरीको भनाई छ ।

अन्य समाचारहरु