– गीता मणि पाण्डे
युएई । जनजाती महासंघ यु ए ई ले प्रवासी थारु समाज लाई आबद्ध गराएको छ जसमा प्रतिनिधित्वको रुपमा सप्तरीका राम भुबन चौधरी , नवलपरासीका रुपेश चौधेरी लाई पठाएको छ । थारु समाज नेपालको जनजाती महासंघ को रुपमा रहेको एक प्रमुख जाति पनि हो ।
प्रवासी थारु समाजले नेपाल बाट कामको सिलसिलामा यु ए ई आई काम गरिरहेका सम्पूर्ण थारु हरु लाई गोल बन्द हुने गरि एउटा भेलामा नेत्र नारायण थनेत को अध्यक्षतामा गठन भएको थियो । जसले ३ महिना भित्र मा अधिबेसन गर्ने निर्णय सहित कार्य सम्पन्न गर्दै आएको छ जस अनुसार बिधान मसौदा समिति गठन गरेको थियो ।
संयोजक नेत्र नारायण थनेत ,सदस्य रुपेश चौधेरी , घनश्याम चौधेरी लगाएतको समितिले कोषको स्थापना जस्ता कुराहरुमा जोड दिदै नया बिधान तयार गरेको थियो तेस बिधान लाई सर्ब समितिले पास गरेको थियो।
उक्तप्रवासी थारु समाज को सभापतित्व नेत्र नारायण थनेत ले गरेका थिए भने कार्यक्रमको संचालन रुपेश चौधेरी ले गरेका थिए भने उक्त कुरा को जानकारी घनश्याम चौधेरी ले गराएका थिए ।