सोहि भेलामा संघका केन्द्रीय महासचिव भारत राना मगर र संगठन बिभाग प्रमुख चन्द्र सारु मगरको पनि उपस्थिति थियो त्याहाँ उपस्थित सम्पूर्ण मगर दाजु भाइ दिदि बहिनी हरुलाई आफ्नो जातित्वको बारेमा महासचिव र संगठन बिभाग प्रमुख बाट प्रस्ट पारिएको थियो साथै आउदो दिनहरुमा अझ शसक्त जुझारु र सुदृढ संगठित हुदै जानु पर्नेमा जोड दिएका थिए र आगामी अप्रिल २० तारिकका दिन दुबईको जेबिल पार्कमा मगर संघ यु ए ई ले आयोजना गर्ने बनभोज कार्यक्रमको लागि पनि अबुधाबी छेत्रले खेल्ने भूमिकाको बारेमा पनि बृहत छलफल भएको थियो कार्यक्रममा रमझम रमाईलो नाच गान पनि गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता अबुधाबी छेत्रका अध्यक्ष जे बि रानाले गरेका थिए ।



