हावाहुरीसँग आएको भारी असिना-पानीका कारण डोटीमा १७ वर्षीया एक किशोरीको मृत्यु

– पुष्पराज जोशी

 

डोटी – सोमबार बेलुकी हावाहुरीसँग आएको भारी असिना-पानीका कारण डोटीको गगुडा गाविसमा एक किशोरीको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छिन्।

मृत्यु हुनेमा गगुडा गाविस-७ की १७ वर्षीया भावना बम रहेकी छिन् भने ५५ वर्षीया कमलादेवी बम बेपत्ता भएकी छन्। गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला असिना-पानीका कारण खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो।

सोमबार दिउसो ३ बजेदेखि ५ बजेसम्म लगाताररुपमा परेको असिना-पानीले डोटीका कृषकको गहुँबाली, फलफूल तथा तरकारी नष्ट गरेको छ। सोमबार दिउसो डोटीको बोग्टान क्षेत्र र दीपायल आसपालकास क्षेत्रमा दुई फिट बाक्लो असिना-पानी परेको थियो।

अन्य समाचारहरु