खेतमा गहुँ काट्न गएका बेला चितुवाको आक्रमणमा डडेल्धुराकी १२ वर्षीया एक बालिकाको मृत्यु

डडेल्धुरा – खेतमा गहुँ काट्न गएका बेला चितुवा आक्रमणमा मंगलबार कुलाउ-१ द्वारीगाउँकी एक बालिकाको मृत्यु भएको छ। घर नजिकैको खेतमा गहुँ काट्न गएका बेला १२ वर्षीया निर्मला जोशीको चितुवाले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।

दुई महिनायता चितुवा आक्रमणमा कुलाउ र पञ्चेश्वर गाविसमा एक गर्भवतीसहित ५ बालिका ज्यान गइसकेको छ। चितुवा आक्रमणका कारण पञ्चेश्वर, कुलाउ, आमचौरा, महाकाली लगायत गाविसका बासिन्दा त्रसित छन्।


स्थानीयले चितुवालाई नियन्त्रणमा लिन वनकर्मीसँत आग्रह गरेका छन्। ‘अलिकति अध्याँरोमा एक्लै हिँड्न सकेका छैनौं,’ स्थानीय भूमिराज प्राविका प्रधानाध्यापक शिवसिंह साउदले ‘चितुवालाई तुरुन्त नियन्त्रणमा लिनु आवश्यक छ।’
स्थानीयका अनुसार भारतीय क्षेत्रतिर पनि चितुवाले तीनको ज्यान लिएको छ। ‘चितुवा खोज्न गाउँभरि प्रहरी परिचालन गरिएको छ,’ बैतडीका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले भने, ‘चितुवाले धेरै बालबालिका मारिसकेकाले तत्काल नियन्त्रणमा लिनुपर्ने भएको छ।’


स्थानीयले चितुवा मार्ने प्रयास गरे पनि सम्भव नभएको पञ्चेश्वरका सुरेश साउदले बताए। अहिले गाउँले सामूहिक रुपमा जंगल जाने गरेका छन्।


अन्य समाचारहरु