भारतको तमिलनाडु कृषि विश्वविद्यालयमा अध्ययनरत २५ वर्षकी एक नेपाली युवतीको दुर्घटनामा मृत्यु

काठमाडौँ – भारतको कोयम्बटुरस्थित तमिलनाडु कृषि विश्वविद्यालयमा अध्ययनरत एक नेपाली युवतीको ग्राइन्डर मेसिनमा सल बेरिएर भएको दुर्घटनामा मृत्यु भएको छ। २५ वर्षकी सिर्जना गैरेको मृत्यु मंगलबार राति भए पनि पोस्टमार्टम आज गरिँदैछ।

इन्डियन एक्सप्रेसले जनाए अनुसार काठमाडौँ घर भएका चन्द्रकान्त गैरेकी छोरी सिर्जना सो विश्वविद्यालयको एमएससी दोस्रो वर्षमा अध्ययनरत थिइन्।


प्रोजेक्ट वर्कका लागि प्रयोगशाला गएकी सिर्जनाको सल प्लान्ट सायम्पल ग्राइन्डर मेसिनमा अडकिएको थियो।


प्रयोगशालामा गएका अर्का विद्यार्थीले देखेपछि प्रोफेसरहरुलाई खबर गरेका थिए। उनलाई नजिकैको अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए।


सिर्जनाका परिवार उनको शव बुझ्न कोयम्बटुर पुगेको बताइएको छ। – नागरिक