– सुबोध गौतम
बिराटनगर – शुक्रबार साँझ बिराटनगरमा हावाहूरीसँगै असिना-पानी परेको छ। बुधबारसम्म सामान्य रहेको बिराटनगरको मौसम बिहीबारदेखि एक्कासी परिवर्तन भएको मौसम विद्ले जानकारी दिए।
यसअघि आजै दिउँसो ४ बजेपछि असिना परेको थियो। असिना-पानीका कारण बिराटनगरको जनजीवन प्रभावित बनेको छ।