– रविन्द्र फुयल
युएई । गत सुक्रवार युएईको दुवई भन्ने ठाऊं वाट जीवन मृत्युको दोसाधमा रहेका गोपाल माझि शिवगाज ३ झापा घर भएका उनि रोजगारिको सिलसिलामा फस्ट ग्रोथ मेनपावरवाट ९०००० हजार नेपाली तिरेर ०१-०३-२००७ मा शारजाहको फि्रजोनमा ६०० सेलेरिमा १२ घण्टा डयुटिको लागि आएका थिए ।
हाल १ महिना अगाडि आएर उनि खाना खादैं चक्कर आए पछि हस्पिटल जादा जादै वाटामा लडेका उनि वाटामा लडे पछि कसैले पनि सहयोग नगरेको र एक्कासि धादिङ वेलफेअर सोसायटिका उपाध्यक्ष भिम अधिकारिले देखे पछि नेपाली जस्तो मानि गाडिमा राखेर ईरानी हस्पिटल लगी भर्ना गराएका थिए त्यस वेला वल्ल उनलाई थाहा भयो उनि खल्लिवल्लीमा काम गरेको जानकारि पाएका थिए र पनि समाज सेवा नै मानव धर्म हो भन्ने मनसायले आफनो आईडि कपि सहित भर्ना गराएका भिम अधिकारिले सवै संग फोन मार्फत तथा फेसवुक मार्फत सहयोगको अपिल गरेका थिए ।
उपचारको क्रममा एक महिना पछि वल्ल उन्को होश आएको थियो र तेति वेला सम्म ४३००० हजार दिराम विल उठेको भए पनि हस्पिटललाई उसको काम नभएको कम्पनिवाट खल्लिवली भएको सम्पुर्ण जानकारि गराए पछि ९००० मात्र तिरेर हुने भए पछि खुसि हुदै दुवईमा गंगा केरुङ टेकनाथ अधिकारि सन्कर लिम्वु लगायतले संकलन गरेको रकम जम्मा २२४० दिराम र साउदिवाट १२४८ दिराम मलेसियावाट १९१२ दिराम जम्मा रकम ५४०० दिराम वाकि रकम चन्द्रप्रसाद सापकोटाले ३६०० दिरामको सहयोग वाट डिस्चार्ज गरि निकालेका थिए ।
उक्त विरामीले भने मलाई यस्तो अवस्थामा सहयोग गरेर मेरो नयां जिवन दिन म त गर्नु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी दहिनीहरु लाई यो गुन कहिल्यै विस्रन नसक्ने भन्दै धन्यवाद दिएका थिए । भिषा नभएको कारण नेपाली राजदुतावास लाई खवर गरि दुतावासकै पहलवाट नेपाल पठाएको जानकारि भिम अधिकारिले जानकारि गराएका थिए ।