– मकर श्रेष्ठ
काठमाडौ, – राजधानीको ललितपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी इमाडोल बस्ने १८ वर्षीय सकुन्दल खडकाको मृत्यु भएको हो । सातदोबाटोबाट लगनखेल तर्फ गईरहेको बा ३ च ७१४९ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आइरहेको बा ४५ प ८६८४ नम्बरबको मोटरसाइकललाई ठक्कर दिँदा चाललको मृत्यु भएको हो ।
घाइते खडकालाई पाटन अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स र चालकलाई ललितपुर महानगरीय प्रहरी परिसरले नियन्त्रणमा राखेको छ ।
मृतकका परिवार तथा आफन्तजनले क्षतीपूर्ती र कारबाहीको माग गर्दै ललितपुर महनगरीय प्रहरी परिसमा घेराउ गरिरहेको छन् ।