– विमल खतिवडा
पर्वत – पर्वतको दक्षिणी वहाकी गाविसमा सोमवार राति परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक घाईते भएका छन् । वडा नम्बर ३ का ३८ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर बनेका उनको उपचारका क्रममा स्याङजाको वालिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वडा नम्बर ९ की होमकला भट्टराई घाईते भएकी छन् । चट्याङले अन्य घरहरुमा पनि क्षति पुर्याएको र घट्नास्थलमा प्रहरी पठाईएकाले थप विवरण आउन बांँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक श्याम अर्यालले जानकारी दिए ।