बिहान आएको हावाहुरीले स्थानीय औरैया-८ की ६० वर्षीया वृद्धा सोनरपतिया देवी लोहार र ४० वर्षीया रम्भादेवी साहकानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । लोहारको घर भत्किएर छानाले थिच्दा कानुको मृत्यु भएको हो । तीब्र गतिमा आएको हावाहुरीका कारण घर भत्किएर बन्जाराहाका जुनु सिंह, गौरनपा-९ की रेनुराय यादव र रजनिदेवी घाइते भएका छन् । सिंहको गौर अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ ।
हावाहुरीले गौर, औरैया, वसन्तपट्टी ब्रह्मपुरी, मुडवलवा, र लक्ष्मिपुर लगायतका गाविसमा घर तथा अन्नबालीलाई क्षति पुर्याएको प्रहरीले जनाएको छ । हावासँगै आएको असिनाले गहु, मकै, मसुरो, गोलभेडालाई बढी क्षति पुर्याएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।



