बैशाखे संक्रान्ती स्नान गर्ने क्रममा कालीगण्डकी नदीले बगाउँदा पर्वतमा एक युबा बेपत्ता भएका छन ।
पर्वतको मुडिकुवा गाबिस वडा नं ३ आम्बोटका १६ बर्षिय बिशाल कुवँरलाई बिहान नदीले बगाएको हो ।
मकर संक्रान्तिमा मोदीबेणी सेतीबेणीमा स्नान गर्न श्रद्धालुहरु कालीगण्डकीमा पुग्ने गर्छन ।
कालीगण्डकीका मोदीवेनी, जैमिनीघाट, सेतीवेणी लगायतका स्थानहरुमा आज श्रद्धालुहरुको घुईचो लागेको छ ।