– लालबहादुर ढेंगा
दुबई, युएई । २०६८ साललाई बिदाई गर्दै नयां बर्ष २०६९ को पूर्वसन्ध्याको अवसरमा दुबईको एभरेष्ट होटलमा शुभकामना आदानप्रदानसंगै विविध सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परा अनुसार नेपाली नयां वर्षलाई नयां जोश र नयां उमंगका साथ सांगीतिक माहौलमा मनाएका छन् । सो कार्यक्रम हिजो १३ अप्रिल शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा बागलुङ सेवा समाज युएईको आयोजनामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली एकता समाज युएईका अध्यक्ष मानबहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष गोपालप्रसाद कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका कार्यक्रमलाई सोही समाजका सचिव केदारसिंह नेपालीले संचालन गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय गीतको साथ मानबहादुर थापा र गोपाल कंडेलले दीप प्ररोजलन गरि थालनी गरिएको कार्यक्रममा उपाध्यक्ष कृष्ण केसीले स्वागत मन्तव्य राखेका थिए । बागलुङ सेवा समाज युएईका क्षेत्रीय प्रमुखहरुले आ