अवैध रुपमा रहेका करीब १० हजार नेपालीलाई मलेसिया सरकारद्धारा आममाफी


 

– रामचन्द्र गिरी

 

क्वालालम्पुर (मलेसिया) , वैशाख ५ – यहाँ अवैध रुपमा रहेका करीब १० हजार नेपालीलाई मलेसिया सरकारले आममाफी दिएको छ । मलेसियाली गृहमन्त्रालयले एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अवैध रुपमा रहेका विभिन्न आप्रवासी नागरिकहरुका लागि बैधता दिन एवं घर फर्काउन मलेसियाले गतबर्ष अक्टोबर २० देखी बैधता कार्यक्रम शुरु गरेको थियो । सोमबारसम्ममा १ लाख ३२ हजार ४ सय २४ अवैध आप्रवासीले आममाफी पाएका छन् । तीमध्ये करिब ९ हजार २ सय ७१ अवैध रुपमा यहाँ रहेका नेपालीले आममाफी पाएका हुन् ।

यहाँस्थित नेपाली दुतावासका अनुसार अवैध रुपमा रहेका करिब १२ हजार नेपालीले घर फर्कन यात्रा अनुमतिपत्र लिएका छन् । यसअघि गरिएको कामदार