रुपन्देहीको करहीयामा माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु

– अमृता अनमोल

 

बुटवल  – रुपन्देहीको करहीयामा माइक्रो बसको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

बुटवलबाट शिवपुरतर्फ जाँदै गरेको लु१ख २८९६ नम्बरको माइक्रो बसको ठक्करबाट नवलपरासी जमुलिया ९ की ५३ वर्षीय खुममाया थापामगरको मृत्यु भएको हो । सोही बसमा यात्रा गरेकी खुममाया शिवपुरमा ओर्लने क्रममा बस चलाउँदा पांग्राले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अन्य समाचारहरु