
अलअमाना सेक्युरिटी कम्पनीका असिस्टेन्ट अप्रेशन मेनेजर होम नाथ गिरीले नेपाल कुवेतडटकम लाई दिनुभएको जानकारी अनुसार २००४ देखी अलअमाना सेक्युरिटी कम्पनीमा काम गर्दै आएका चन्द्र बहादुर राइको हिजो एप्रिल २५ दिनको करिब २ बजे कुवेतको सुलेबियामा बाटो काट्ने क्रममा कुवेती नागरिकले चलाएको सबारी साधनको ठक्करबाट घट्ना स्थलमै मृत्यु भएको थियो।सबारी नं ६९५५२को ठक्करबाट टाउको फुटी घट्नास्थलमै मृत्यु भएका चन्द्रबहादुर राइको शब फर्मानिया अस्पातलमा राखिएको र कम्पनीबाट आबश्यक कागजात तयार गरी आजै नेपाली दुताबास कुवेतमा गई आबश्यक प्रकृया पुरा गरी छिट्टै शबलाई नेपाल पठाउने र मृतकले पाउने रकम पनि मृतकको परिवार समक्ष पुर्याइने गिरीले बताए।उनलाई ठक्कर दिने सबारी चालक र सबारी साधन पनि कुवेत प्रहरीको नियन्त्रणमा रहेको गिरीले बताएका छन।
नेपालकुवेत डटकम तथा मरुभुमिको कोशेली परिवार मृतक आत्माको चिर शान्तीको कामना गर्दै मृतकको परिवारमा धैंरेधारणको लागि ईश्वर संग प्रार्थना गर्दछ।



