अर्घाखाँची सम्पर्क समिति युएईको बैठक बस्दै

– उमाकान्त पाण्डे गाउंले   

युएई डेस्क , अर्घाखाँची सम्पर्क समिति युएईको नियमित बैठक आगामी शुक्रबारका दिन बरदुबईको क्रिक पार्कमा बस्ने भएको छ ।


गत जनवरीमा दुबईमा सम्पन्न अर्घाखाँचीबासी साथिहरुको भेलाले सन्धिखर्क छापडाडाका राजु खडकाको अध्यक्षयतामा समिति पुर्नगठन गरेको थियो।

समितिको बिधानलाई पारीत गरी समितीलाई पूर्णता दिन बैठक बस्न लागेको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

समिति गठनसँग सँगै यसलाई पूर्णता र केहि विभागिय जिम्मेवारी समेत बाँडफाँड गर्नुपर्ने र भावी कार्यक्रमहरुबारे छलफल गर्नुपर्ने भएकोले सम्पुर्ण पदाधिकारी तथा अर्घाखाँची बाट युएईमा बिभिन्न पेशामा आबद्द भई कार्यरत सबैलाई सो भेलामा उपस्थिती जनाउन समितीले अनुरोध गरेको छ ।

थप जानकारीका लागि
राजु खड्का, अध्यक्ष – दुबइ-सारजाह  : 0552670943
रविलाल खनाल, सल्लाहकार  – आबुधाबी – अलऐन ; 0559841258
मिति ः ४ मे २०१२
स्थान ः क्रिक पार्क, दबई
समय ः दिउसो ३ः०० बजे