रौतहटको शितलपुर बैरगनियामा सिकारीले दुईवटा नीलगाई गोली हानी मारे

शिव पुरी

 

रौतहट – सिकारीले रौतहटको शितलपुर बैर गनिया गाविसमा मंगलबार दुईवटा नीलगाई गोली हानी मारेका छन् । घटनास्थलबाट प्रहरीले दुईवटा मोटरसाइकल बरमद गरेको छ ।

जिल्लाको शितलपुर बैरगनिया गाविसको गम्हरिया टोलमा जङगलबाट चर्न आएको दुईवटा नीलगाईलाई सिकारीले गेाली हानी मारेको प्रहरी निरीक्षक कमल गीरीले जानकारी दिए । घटनामा सिकारीले छाडेको ना१९प १५९९ र बा४५प ७६६५ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । घटनापछि अपराह्न जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका खरदार तारानाथ शर्माको टोली पुगी मुचुल्का गरी मृत गाईलाई ल्याएको छ । वनको टोलीलाई स्थानीयवासीले कटहरिया गाविसका नसरुद्धिन अन्सारीले नीलगाईलाई गोली हानी मारेको किटानी जाहेरी दिएका छन् ।

घटनामा अन्य मानिसको समेत सलग्नता हुन सक्ने वनका खरदार शर्माले बताए । जिल्ला वनअधिकृत नन्दलाल यादवले नीलगाई मर्नेलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने बताए ।

अन्य समाचारहरु