कास्कीको सल्यान गाविसस्थित डाँडाखर्क जंगलमा हिजोदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रणमा नआएको बताइएको छ ।
आगो नियन्त्रणका लागि पोखरास्थित सशस्त्र प्रहरी बल कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको नेतृत्वमा एक टोली त्यसतर्फ गएको छ ।
आगो निगन्त्रयामा आउन नसकेकाले बस्तीमा आउने खतरा बढ्दै गएको छ । आगोले १० किलोमिटर सम्मको जंगल सखाप पारिसकेको बताइएको छ ।