बिहीबार अपरान्ह ४ बजेतिर पानीसहित एक्कासी परेको चट्याङ्ग लागेर तम्घास गाविस वार्ड नं. ९ नेटाका १८ वर्षीय रामवहादुर नेपाली र २० वर्षीय सुनिल नेपालीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर सोही स्थानका १५ वर्षीय सुमन नेपाली र १७ वर्षीय भुवन नेपाली घाइते भएका छन्। त्यस्तै चट्याङ लागेर अर्खले ५ सेउघा वस्ने ४५ वर्षीया लक्ष्मी गौतम घाईते भएको प्रहरी नायब निरीक्षक कृष्णप्रसाद ढकालले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङ्गकै कारण बुधबार गुल्मी जैसीथोकका दुई महिला घाइते भएका थिए। जैसीथोक गाविस ३ की ६३ वर्षीया छलि विश्वकर्मा र उनकी छोरी अन्दाजी ४५ वर्षीया कमला विश्वकर्माको तम्घासमा उपचार भैरहेको छ। – नागरिक



