लण्डनमा लोकनृत्य प्रतियोगिता सम्पन्न

– धर्म राज अधिकारी

 

लण्डन : बुद्ध जयन्ती तथा बैशाख पुर्णिमाको अवसरमा तमुधी लण्डन एकाईले आइतबार आयोजना गरेको चौथो अन्तर समाज लोकनृत्य प्रतियोगितामा सम्पन्न भएको छ ।


प्रतियोगितामा गोर्खा नेपलिज कम्युनिटि कल्चरल ग्रुप ननिटन प्रथम भएको छ । बेलायतभरबाट ६ वटा नेपाली संस्थाहरुले भाग लिएको सो प्रतियोगितामा साउथ इष्ट तमुधी दोश्रो र गोर्खा वेलफेयर सोसाइटी तेश्रो भएका छन् ।


प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई क्रमश आठसय, तिनसय र दुईसय पाउण्ड नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरीएको थियो । पुरस्कार वितरण समारोहमा एन आर एन उपाध्यक्ष्ँ प्रमुख अतिथि रिटायर्ड क्याप्टेन हितमान गुरुङ, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, तमुधी युकेका अध्यक्ष मुच्छेत्र गुरुङ लगायत रहेका थिए । त्यस्तै स्पोन्सरहरु टप टिका होम परिवाग, गोर्खा ग्लोवल सेक्युरीटिका प्रोपाइटरहरु क्याप्टेन चन्द्र बहादुर पुन, क्या डेम बहादुर गुरुङ, र कृष्ण बहादुर गुरुंग, वेम्ली तन्दुरीका ध्रुब केसी लगायतले पुरस्कार रकम हस्तान्तरण गरे ।


प्रतियोगितामा सनम कुमार बैराग, सन्तोष विक र कविता गुरुङले निर्णयकको भुमिका निर्वाह गरे । निर्णयकहरुलाई तमुधी युकेका प्रमुख सल्लाहकार डा. चन्द्र बहादुर गुरुङबाट मायांको चिनो प्रदान गरीएको थियो ।

त्यस्तै संस्थाका उपाध्यक्ष द्वय टंक राम गुरुङ र श्रीमती बिजु गुरुङले प्रतियोगिताका सहभागि प्रतियोगिहरुलाई प्रशंसापत्र वितरण गरेका थिए ।


तमुधी लण्डन एकाईका अध्यक्ष शिवशरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन एन आर एन उपाध्यक्ष रिटायर्ड क्याप्टेन हितमान गुरुङ र संस्थाका अध्यक्षबाट संयुक्त रुपमा गरेका थिए ।