२७ बैशाख – बेल्जियमको स्थानिय निर्वाचनमा लुवेन शहरबाट निर्वाचनमा नेपाली मुलका खड्का केसी उमेद्वारका रुपमा चयन भएका छन ।
राजनैतिक क्षेत्र भन्दा सामाजिक क्षेत्रमा बढी सकृय देखिएका केसीले नेपाली समुदायको हितमा काम गर्न पनि यस चुनावमा जानु पर्ने जनाउदै पार्टीको प्रस्ताब स्विकारेको बुझिएको छ ।
ग्रिन पार्टी बेल्जियममा रहेका बिदेशीहरुको पक्षमा रहेको पार्टी हो । मनिस सबै एउटै हुन, जसलाई काटे पनि रगत आउछ भन्ने धारणा सहित बिदेशीलाई पनि बेल्जिक नागरिक सरह अधिकार दिनु पर्छ भन्ने एक मात्र पार्टीका रुपमा ग्रिन पार्टीलाई बुझिन्छ । यसरी बिदेशीका पक्षमा रहेको पार्टीमा रहेर काम गर्दा आफ्ना भनाइहरुको सुनुवाई हुने, निर्वाचित भएमा काम गर्न सजिलो हुने जनाउदै केसीले उक्त पार्टीमा उमेद्वारी दिनुभएको स्रोतले जनाएको छ ।
लुवेनको मेयर पदमा भने ग्रिन पार्टीका तर्फ बाट महिला उमेद्वार “फतिहा दाहामी” ले उमेद्वारी दिएकी छिन ।
ग्रिन पार्टी आँफैमा बिदेशीहरुको हितमा उभिएको पार्टी र त्यस पार्टीमा नेपाली उमेद्वारको चयन हुनु लाई भविश्यमा नेपाली समस्याहरुलाई निराकरण गर्न निकै सहयोग पुग्ने देखिएको छ ।
खड्का केसीको उमेद्वारीलाई नेपालीले राम्रो अवसरको रुपमा लिएर आगामी अक्टोबर १४ मा हुने उक्त निर्वाचनमा केसी र उनको पार्टीलाई मत दिएर जिताउनु पर्ने देखिएको छ ।
बेल्जियममा ५ बर्ष बैधानिक रुपमा बसोवास गर्दै आएका (५ बर्से कागज पाएका) हरेकले मतदान गर्न पाउने नयाँ नियम अनुसार मतदान गर्नका लागि आगामी अगस्ट १ सम्ममा आ-आफ्नो क्षेत्रको अर्थात नगरपालिका (स्टाड हाउस) मा गएर नाम दर्ता गराउनु पर्ने छ ।



