अर्घाखाँची सेवा समाज कतारको अधिवेशन पछिको पहिलो चरणको बैठक सम्पन्न

पशुपति श्रेष्ठ

 

कतार – प्रवासमा अर्घाखाँचीवासि एक होऔ, समाजका लागि केहि गरौ भन्ने मुल नारा सहित संगठित, अर्घाखाँची सेवा समाजकतारले आफ्नो प्रथम अधिवेशन पछिको पहिलो बैठक अध्यक्ष युवराज, पाण्डेको सभापतित्व र बिष्णु प्रसाद, भुसालको सञ्चालनमा सम्पन्न गरेको छ। जैदा टावर अघाडि पार्कमा बसेको उक्त बैठकले आफ्नो प्रथम अधिवेशनको समिक्षा गरेको थियो। संगठित भएको छोटो समयमै प्रथम अधिवेशन आफुले सोचे भन्दा पनि राम्रो भएको र केहि कमिकमजोरी देखिका भएपनि आगामि दिनहरुमा कमिकमजोरी हुन नदिने बैठकले बताएको छ।

बैठकममा समाजको दैनिक कार्यहरु आकस्मिक रुपमा हुन सक्ने विभिन्न गतिविधिहरुलाई सहज र सरल ढङगबाट सञ्चालनका लागि एघार सदस्यसिय सचिवालय समितिको पनि चयन गरेको छ। त्यस्तै समाजको उदेश्य प्रतिकका लागि कार्यक्रमहरुलाई प्रभावकारी तवरले सम्पन्न गर्न र गराउन विभिन्न सात उपसमितिहरुमा तिन तिन सदस्य सहित संयोजकलाई चयन गरेको छ। जसमा


संघ संस्था समन्वय समितिमा भुवन केसि,साहित्य प्रकाशन तथा प्रचार प्रसारमा पशुपति श्रेष्ठ,आर्थिकमा टेकराज थापा,सुरक्षा तथा जनचेतना अभिवृद्धिमा नारायण


केसि,खेलकुद तथा अतिरिक्त क्रियाकलापमा राजकुमार श्रेष्ठ, अनुशासन तथा अनुगमनमा बिष्णु प्र।भुसाल,सास्कृति कला तथा पर्यटनमा चिरञ्जिवि भट्टराईलाई जिम्मा दिएको छ। बैठकले आगामि दिनहरुमा तुरुन्तै कतारमा कार्यरत


अर्घाखाँचि वासिलाई सदस्यता वितरण गरिने तथा रोजगारीका लागि युएईमा विना कसुर मुत्यु डन्ड पाएका दार्जिलिङका अमर बहादुर पुनको जिवन रक्षाको लागि अर्घाखाँचि सेवा समाजले नैतिकरुपमा सहयोग गर्ने उक्त बैठकले बताएको छ।