यूएईमा नेपाली र बग्लादेशी कामदार बिच झडप /५ नेपालीको मृत्‍यु – पुस्टी हुन बाँकी

– उमाकान्त
पाण्डे “गाउंले”


 यूएई आबुधाबी –  सम्युत्त अरब एमिरेट्स
यूएईको हफ्सनमा नेपाली र बग्लादेशी कामदार बिच झडप भएको छ । झडपमा ५
नेपालीको मृत्‍यु भएको छ । घटनामा १० नेपाली काम्दार घाइते भएका छन । घाइते
३ को अवस्था गम्भिर रहेको छ ।

यूएईको राजधानी आबुधाबीको पश्चिमी क्षेत्र हफ्सनमा रहेको हुण्डाई
इञ्जिनियरिङ्ग कस्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई त्यहा
कार्यरत ५ सय भन्दा बढी वगलादेशी कामदारले आइतबार आक्रमण गरेका हुन ।
आक्रमणको कारण नखुले पनि सोही कम्पनीमा करारमा कामगर्दै आएका लमजुङ्गका
नरदेब गुरुङ्गका अनुसार खाना खाएर आराम गरिरहेका नेपालीकामदार माथि रड,
ढुङ्गा मार्फत आक्रमण भएको हो ।

अत्यधिक बग्लादेशी कार्यरत कम्पनी भनेर चिनिने सो हुण्डाइ कम्पनीमा
कार्यरत नेपाली लाई आक्रमण गरेका हुन । आक्रमणमा परेका नेपाली कामदारलाई
आबुधाबी पुलीस तथा आर्मिको नाईटभिजन हेलिकप्टर मार्फत रातको १२ बजे उद्दार
गरिएको हो ।

आक्रमण पछी अहिले सो मजदुर क्याम्पमै कार्यरत ४ नेपाली बाहेक अन्य सबै
कामदारलाई अल जाफर मदिना जायद स्थित कम्पनीको आस्थाइ शिविरमा सुरक्षित
राखिएको छ ।

घटनाको एकिन विवरण थाहा नभएपनि गत हप्ता सोही कम्पनीमा
कार्यरत बगांली कामदारको मृत्‍यु भएको र मृत्‍युको कारण नेपाली भएको भन्ने
आरोपमा बग्लादेशी कामदरले आक्रमण गरेको हुन सक्ने सोही कम्पनीमा कार्यरत
वासुदेव सापकोटाले जानकारी दिए ।

नेपाली राजदूतावास यूएईका प्रथम सचिव लोकबहादुर क्षेत्रीले भने
हिजो राती अबेर मात्र दूतावासमा घटनाको जानकारी आएकोले सत्य तथ्य पत्ता
लाग्न समय लाग्ने बताए ।

आधिकारीक रुपमा यहाँको प्रशासनबाट जानकारी नआए सम्म घटनाको सत्य तथ्य के हो अहिल्यै भन्न नसकिने क्षेत्रीले वताए ।

प्रथम सचिव क्षेत्रीले उक्त कम्पनीको मजदुर शिविरमा रहेका शिविर प्रमुख
सग संपर्क गरी पनि खास हताहती हुनेको सख्या आफुहरुलाई प्राप्त नभएको बताए ।
घटनामा संलग्न नेपाली तथा वंगालीहरुलाई यूएईको प्रशासनले नियन्त्रणमा लिई
छानविन गरिरहेकोले कम्पनीलाई पनि यथार्थ जानकारी प्राप्त नभएको जानकारी
क्षेत्रीले दिए।