ताप्लेजुङमा दिनहुँ जसो परेको असिना र हावाहुरीले बालीनाली नष्ट

ताप्लेजुङमा दिनहुँ जसो परेको असिना र हावाहुरीले जिल्लाका धेरैजसो गाविसमा कृषकले लगाएको फलपूmल बाली नष्ट भएको छ ।

 

असिनाका कारण आँप र लिची नष्ट हुँदा करीब ३ लाख बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

फुलेका तथा फलेका आँप, लिचीमा ठूलो क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयले केहि वर्ष अघि जिल्लाका दोखु, फुङ्लिङ्ग, हाङ्देवा, नाङ्खोल्याङ्गलगायत गाविसमा वितरण गरेको आँप यो वर्षदेखि फल्न थालेको थियो । कृषकले सरकारसँग राहतको माग गरेका छन् । RSS

अन्य समाचारहरु