मृत्यु हुनेहरुमा धादिङ चैनपुर ८ एकै गाउँका कृष्ण ढुवाडी, रविन्द्र ढुवाडी, संजीव ढुवाडी, धादिङ बेनीघाट ५ बस्ने राजकुमार श्रेष्ठ र कास्की लेखनाथ-४ बस्ने रमेशप्रसाद दुङ्गना रहेको धादिङ प्रहरीले जनाएको छ। दुर्घटनामा धादिङ ढोला ७ बस्ने दिपक गुरुङ घाइते भएका छन्।
राती ९ बजेको समयमा कार कृष्णभीर नजिकै सडकदेखि १५० मिटर तल त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बिनोद घिमिरेले बताए। ‘कार त्रिशुली नदीभित्र खसेको थियो,’ राती साढे १० बजे उनले टेलिफोनमा भने, ‘कारबाट मृतकको शव झिकेर नदी किनारमा राखेका छौ।’ घाइते गुरुङलाई उपचारका लागि गजुरी अस्पतालमा लगिएको छ।



