मुस्ताङमा मोटर बाटो खन्ने क्रममा पहिरोले स्क्याभेटर पुर्दा चार जनाको मृत्यु

– विमल खतिवडा

 

पर्वत – मुस्ताङमा मोटर बाटो खन्ने क्रममा पहिरोले स्क्याभेटर पुर्दा चार जनाको मृत्यु भएको छ । मुस्ताङको जोमसोमदेखि लोमान्थाङ मोटरबाटोको ट्रयाक खोल्ने क्रममा छुसाङ गाविसमा बुधबार राति हावाहुरीसँगै पहिरो खस्दा चारजनाको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्क्याभेटरका अपरेटर सिन्धुपाल्चोकका धुब्र माझी, सिन्धुपाल्चोककै झलक माझी, दाङका सुनिल चौधरी र गोरखाका जीतबहादुर राना छन् । घट्नास्थल भिरमा भएकाले जनपथ र सशस्त्र प्रहरीले राति शव निकाल्न असम्भव भएपछि बिहीबार बिहान डोजरको सहायताले शव निकालेका हो ।

सडकका सुपर भाइजर कृष्ण थकाली भने सकुशल छन् । शव पहिरामा पुरिएकाले क्षतविक्षत अवस्थामा फेला परेको र सबै शवलाई अहिले सदरमुकाम जोमसोम तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले बताए । पोखरेलका अनुसारका स्क्याभेटरको नम्बर भने खुल्न सकेको छैन ।

अन्य समाचारहरु