पाकिस्तानी राजदुताबास परिसरमा चितुवा पसेपछि आतंक, बन्दका समर्थकहरु आन्दोलन छोडेर चितुवा हेर्न गए

पाकिस्तानी दूतावासमा चितुवा हेर्न बन्दकर्ताको भीड


काठमाडौं महाराजगंजमा रहेको पाकिस्तानी राजदुताबास परिसरमा निर्माणाधीन भवनमा आज चितुवा पसेपछि त्यसक्षेत्रमा लामो समय आतंक फैलियो ।

 

घरभित्र चितुवा छिरेको खबर पाएपछि नेपाल बन्दका समर्थकहरु चक्रपथ चोक छोडेर चितुवा हेर्न गएका थिए । त्यतिबेला चोकमा आन्दोलनकारीको संख्या शून्य थियो ।

 
घरधनी चन्द्र मोहन थापाका अनुसार, झण्डै ५ फिट लम्बाई साढे दुई फिट अग्लो चितुवा बिहान ६ बजे घरमा छिरेपछि स्थानीय वासिन्दा

ले प्रहरीलाई खबर गरेका थिए । घरभित्र थुनिएको चितुवाको उद्धार गर्न चिडियाघरबाट टोली आएको थियो । चितुवालाई बेहोस बनाउन दुईवटा सिरिन्ज चाहिएको थियो ।


चितुवालाई उद्धार गरी सदर चिडियाखाना जावलाखेल लगिएको छ ।

अन्य समाचारहरु