गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडा (एनआरएन क्यानाडा) को पाँचौ राष्ट्रिय सम्मेलन अल्वर्टाको एडमन्टन सहरमा एडमन्टन घोषणा-पत्र जारी गर्दै सम्पन्न भयो/ यही मे १९ र २० गरी दुइ दिनसम्म चलेको सम्मेलन उद्घाटन सत्र र बार्षिक साधारण सभा गरी दुइ चरणमा बाडिएको थियो/ क्यानाडाका लागि महामहिम नेपाली राजदूत डा भोजराज घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै प्रवासमा रहेका नेपालीहरूसंग मातृभूमिको ठुलो अपेक्षा रहेको बताउँदै क्यानाडाबासी नेपालीहरूले नेपालको विकास र प्रतिस्ठाका लागि थुप्रै योगदान गर्न सक्ने कुरामा जोड दिनुभयो/ प्रवासमा रहेका नेपालीहरू सबैजना नेपालका सद्भावना राजदूत भएकोले नेपाली दूतावास गैह्र आवासीय नेपाली संघसंगको सहकार्यमा अघि बढ्ने तत्परता व्यक्त गर्दै गैह्र आवासीय नेपाली संघको नेपाली नागरिकताको निरन्तरता लगायतका मागमा संधै आफ्नो साथ रहने बताउनुभयो साथै उहाले नेपाली नागरिकताको निरन्तरताको सवालमा एनआरएन क्यानाडाले निर्वाह गरेको अग्रणी भूमिकाको पनि प्रसंशा गर्नुभयो /
उद्घाटन कार्यक्रममा अल्वर्टा प्रान्तीय सरकारका सभासद Gene Zwozdesky,र एडमन्टन नगरका मेयर Stephen Mandel ले शुभकामना दिंदै क्यानाडा एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकोले सबै भाषा र संस्कृति जगेर्ना गर्नु महत्वपुर्ण हुने बताउँदै नेपाली भाषा र संस्कृति संरक्षणका लागि एनआरएन क्यानाडा र नेपाली मुलका स्थानीय संस्थाहरूको अहम भूमिका रहने कुरामा जोड दिनुभयो/ मन्तव्यकै क्रममा उहाहरूले क्यानडा मूल त अप्रवासीहरूकै मुलुक भएकोले उनीहरूको हकहित र पहिचानको लागि अल्वर्टा सरकार र एडमन्टन नगरका तर्फबाट आफूहरू सदा सकारात्मक रहने प्रतिवाध्दता जाहेर गर्दै सम्मेलन सफलताको कामना गर्नुभयो/ कार्यक्रममा अल्वर्टा सरकारका प्रमुख (premier) Alison M. Redford र एनआरएनएका अध्यक्ष जीवा लामिछानेबाट प्राप्त लिखित शुभकामना एनआरएन क्यानाडाका अध्यक्ष डा बिनोद केसीले पढेर सुनाउनु भएको थियो/ नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE), क्याल्गरी नेप्लिज कम्यूनिटी एसोशिएसन (CNCA) र नेप्लिज कम्यूनिटी सोसाइटी अफ क्याल्गरी (NCSC) लगायत क्यानाडाका विभिन्न प्रान्तमा छरिएर रहेका एनआरएन क्यानाडाका संस्थागत सदस्यका प्रमुखहरूले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो/
लामो समयदेखि नेपालीमूलका गैरआवासीय नेपालीहरूलाइ अनवरत रूपमा स्वयमसेवी ढंगले सेवा गर्दै आउनुभएका अग्रज नेपाली डायस्पोरा डा. कुन्जरमणी शर्मा, लक्ष्मण त्रिपाठी र डा. जपनारायण बहादूर श्रेष्ठलाइ उहाहरूको योगदानको कदर गर्दै कार्यक्रममा “आउटस्टान्डिङ नेप्लिज डायस्पोरा मेम्वर इन क्यानडा“ सम्मानले विभूषित गरिएको थियो/
नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE)का अध्यक्ष मोहनाथ आचार्यको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एनआरएन अमेरिका क्षेत्रका क्षेत्रीय सहसंयोजक रामचन्द्र खरेल, एनआरएनए आईसीसी सदस्य राधा बस्न्यात, एनआरएन क्यानाडाका सल्लाहकार तथा नेपालमा खुल्ला विश्वविद्यालय अभियानका अभियन्ता डा द्रोण रसाली र पुर्व राजदूत डा हर्षनारायण धौभडेलले पनि नेपालको विकासमा प्रवासीको भूमिका, गैह्रआवासीय नेपालीहरूको नेपाली नागरिकता निरन्तरता र प्रवासमा नेपाली पहिचानको महत्व विषयमा मन्तव्य राख्नुभएको थियो/
सम्मेलनको दोश्रो सत्रमा एनआरएन क्यानाडा अध्यक्ष र सचिवद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरिएको थियोभने विधान संसोधन मस्यौदा समितिद्वारा प्रस्तुत संसोधन प्रस्ताव पनि छलफलपछि परिमार्जन सहित पारित गरिएको थियो/ सम्मेलनमा एनआरएनएको फ्ल्यागसीप परियाजनाको रूपमा रहेको खुल्ला विश्वविद्यालय अभियान, प्रोफेसनल मेन्टरसीप कार्यक्रम, नेपाली भाषासाहित्य संस्कृति, जनसम्पर्क, महिला तथा बालकल्याण कार्यक्रम, नेपालमा नमुना गाउँ कार्यक्रम, नेपाल लाइब्रेरी फाउन्डेसन,सदस्यता विस्तार, नेपाल-क्यानाडा साँस्कृतिक गृह लगाएतका कार्यक्रमहरूका सम्बन्धमा बिस्तृत छलफल गरिएको थियो/ क्यानाडामा बसाई सरी आउने दक्ष नेपाली जनशक्ति बढ्दै गएको संदर्भमा नया ठाउँमा उनीहरूलाई अवसरहरूमा पहुच बढाउन र सहज व्यवसायिक जीवन सुरु गर्न टेवा पुर्याउने उद्द्येस्यले प्रोफेसनल मेन्टरसीप कार्यक्रम एनआरएन क्यानाडाले हालसालै सुरु गरेको जानकारी अध्यक्ष डा बिनोद केसीले दिनुभयो /
खुल्ला विश्वविद्यालय अभियानका अभियन्ता डा द्रोण रसालीले अभियानका उपलब्धिहरूबारे प्रकाश पर्दै निकट भविष्यमै नमुना कार्यक्रम सुरु गर्न र अवश्यक पूर्वाधार निर्माणका लागि आथाबस्का विश्वविद्यालय, एनआरएन क्यानाडा, स्थानीय नेपाली संघसंस्था र एनआरएनएको सहकार्यमा आर्थिक संकलन अभियान अघि बढिरहेको जानकारी दिनुभयो/ डा रसालीले खुल्ला विश्वविद्यालय अबधारणा नेपालमै बसी सुपथ मूल्यमै क्यानेडियन डिग्री हासिल गर्नको लागि सुवर्ण अवसर हुने बताउनुभयो/
नेपालमा महिला तथा बालबालिकाको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी यस बर्षबाट एनआरएन क्यानाडाले महिला तथा बालकल्याण कार्यक्रमलाई आफ्नो नियमित कार्यक्रमका रूपमा प्रारम्भ गर्ने घोषणा गरेको छ । यो कार्यक्रमलाई आफुले सकेको सघाउनको लागि आईसीसीकी महिला सहसंयोजक राधा बस्न्यातले सबै सदस्यहरूलाई अपील गर्नुभयो/
सम्मेलनको दोस्रो दिन साँझ स्थानीय आयोजक संस्था नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE)ले बिशेष रमाइलो सांस्कृतिक साँझ (Gala) प्रस्तुत गरेको थियो/ नेपाली र क्यानाडियन राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा स्थानीय कलाकारहरूले आकर्षक गीत, नृत्य र नेपाली संस्कृति झल्कने झाँकीहरू समेत प्रस्तुत गरी सम्मेलनका सहभागीहरूलाई मनोरंजन प्रदान गरेका थिए /
सम्मेलनमा क्यानाडाका विभिन्न प्रान्तमा छरिएर रहेका नेपाली मूलका व्यक्तिको साथै क्यानाडावासी नेपालीहरूका सवालमा कामगर्ने विभिन्न संघसंस्थाहरू समेत गरी करिव ३०० प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने अल्वर्टास्थित क्रियाशील नेपाली संस्थाहरू नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टन (NECASE), क्याल्गरी नेप्लिज कम्यूनिटी एसोशिएसन (CNCA)



