रामेश्वर कार्की
धादिङ – धादिङको जोगिमारा-९, माझिमटारमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ना३त ८२०७ नम्बरको ट्रयाक्टर ज्यामिरेघाटबाट मझिमटार जाँदै गर्दा सडकबाट १५ मिटर तल खसेको छ।
मृत्यु हुनेमा स्थानीय बासिन्दा प्रमिला चेपाङ र दिलमाया चेपाङ रहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा अर्का एक शिशुको समेत मृत्यु भएको छ। बाँकी तीन जना घाइतेको उपचार गजुरी अस्पतालमा भइरहेको छ।