अर्घाखाँची सेवा समाज कतारको एरिया इकाई समिति गठन

– पशुपति श्रेष्ठ


दोहा २५ मई – “प्रवासमा अर्घाखाँचीवासि एक होऔ समाजका लागि केहि गरौ” भन्ने मुल नारा सहित संगठित अर्घाखाँची सेवा समाजले आफ्नो कार्य सहज र पृथक ढङगबाट अघाडि बढाउन र बढन सजिलो होस भन्दै सनैया ५० नम्बरमा बिष्णु क्षेत्रिको अध्यक्षमा १५ सदस्य एरिया ईकाई समितिको गठन गरेको छ।

जस्को उपाध्यक्षमा अर्जुन केसि सचिवमा सुरज पाण्डे सहसचिव सुरज पाण्डे कोषाध्यक्ष शिव भुसाल ,सदस्यहरुमा गणेश रानाभाट,जनक बेल्वासे,बावुराम विसि,जनक विसि,राजु भुसाल,प्रदिप विसि,नारायण भुसाल,गोपाल प्रसाद भुसाल,गोपाल बञ्जाडे,जनक केसि लाई चयन गरेको छ।

त्यस्तै सल्लाकारहरुमा रेम बहादुर बस्नेत,यम बहादुर खडका,रण बहादुर बस्नेत रहेका छन्। प्रकाश परीयारको स्वागत गितबाट सुरुभएको उक्त कार्यक्रम श्रीराम पराजुलिको सभापतित्व रणबहादुर बस्नेतको स्वागत मन्तव्यबाट कार्यक्रम
अघाडि बढेको थियो।

 

कतारमा हामि अर्घाखाँचीवासि थुप्रै छौ तर सबै संगठित हुन सकिरहेका छैनौ यसरी एरिया इकाईहरुलाई गठन गरीयो भने हाम्रा कार्यहरु गर्न सहज हुने हुदा र त्यहाँको यथा स्थिति जानकारी ल्याउन सजिलो हुने गरी यो कार्यलाई अघाडि बढाईएको हो भन्दै समाजका अध्यक्ष युवराज पाण्डेको संयोजकमा प्रथम उपाध्यक्ष भुवन केसि सचिव बिष्णु प्रसाद भुसाल सहसचिव पशुपति श्रेष्ठ कोषाध्यक्ष टेकराज थापा सहकोषाध्यक्ष राजकुमार श्रेष्ठ सदस्य प्रकास परीयार सहित गएको केन्द्रिय टोलिले एरिया ईकाई समितिको गठन गरेको हो।


कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष भुवन केसिले समाजको उदेश्य कार्यहरुबारे स्पष्ट पारेका थिए। त्यस्तै मन्तव्य राख्ने क्रममा विगत लामो समय देखि कतारमा कार्यरत यम बहादुर खडकाले सामाजिक कार्य गर्न त्यति सजिलो हुदैन जो बाहिरबाट यो भएन त्यो भएन भनेर टिकाटिप्पणि गरिन्छ। कुनै सामाजिक कार्य एक्लै गरेर हुने कार्यपनि होईना अरुलाई आ-प्रत्यारोप लगाउनु भन्दा आफुबाट सुरु गरौ भन्दै आफ्नो धारणा राखेका थिए।

 

कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष युवराज पाण्डे सल्लाकार वेदराज अधिकारीले लगाएतले आ-आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम बिष्णुप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो।