विराटनगरमा २० वर्षीया युवती मृत अवस्थामा फेला

विराटनगर – विराटनगर वडा १८ स्थित मुन्टा पोखरीयामा एक युवती मृत अवस्थामा फेला परेको छ। विराटनगर २० बस्ने भरत श्रेष्ठकी छोरी २० वर्षीया निकीता श्रेष्ठ मृत अवस्थामा फेला परेकी हुन्।

हिजो बिहान ७ बजे घरबाट हिँडेकी र साँझसम्म घर नआउँदा आफ्नी छोरी हराएको हुँदा खोजी गरी पाँउ भनी इलाका प्रहरी कार्यालय रानीमा भरत श्रेष्ठले निवेदन दिएका थिए।


निकीताको लास  बुधवार बिहान ७ बजे फेला परेको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनुभयो। रासस

अन्य समाचारहरु