खोटाङ जिल्लामा चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ ।
गएराति परेको चट्याङ लागेर लामी डांडा गाविसका बाल कुमार श्रेष्ठ, खार्पा गाविसका रामबहादुर राई र नुनथला गाविसकी लक्ष्मी राईको मृत्यु भएको छ ।
चट्याङ लागेर ५ जना घाइते भएका छन् । घाइतेहरुको दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ । RSS