क्वालालम्पुर – वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहँदा सडक दुर्घटनामा घाइते भएका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । तीन साताअघि सडक दुर्घटनामा परी घाइते भएका दिव्यनगर-३, चितवनका किशोर महतको जाहोरबारुस्थित सुल्तान अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
काठमाडौंस्थित गंगालाल अस्मिक इन्टरनेसनल ओभरसिज प्रालिमार्फत ७ महिनाअघि आएका उनी जोहोरबारुस्थित टीएसपी कम्पनीमा कार्यरत थिए । उनको परिवारमा आमाबाबुसहित १ छोरी र श्रीमती छन् । RSS



