– खगेन्द्र अवस्थीअमरलाई मृत्युदण्डको सजायबाट जोगाउन सहयोगको गुहार गर्दै आर्थिक समस्यामा डुबेको अमरको परिवार ऋण लिएर काठमाडांै पुगेको थाहा पाएपछि संठगनको तर्फबाट आर्थिक सहयोग गरेको केन्द्रीय उपाध्यक्ष राजेन्द्र देवकोटाले बताए । ‘आर्थिक संकटमा परेको परिवारलाई अझ थप सहयोग गर्न खोजेका छौं,’ उपाध्यक्ष देवकोटाले भने, ‘अमरलाई उतै भेट्न जाने अवस्था आए पनि आर्थिक समस्या नपरोस् भन्ने संगठनको चाहना हो ।’ अमरलाई मृत्युदण्डबाट जोगाउने पहल गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपति भेट्न डेढ महिनाअघि १५ हजारमा गहना बन्धक राखेर श्रीमती धनिसा र बुवा कर्णबहादुर बम काठमाडौँ गएका थिए ।
सदरमुकाम खलंगामा आयोजना गरिएको अमर बचाउ अभियानमा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि लगायतका सहभागीले अमरलाई फिर्ता ल्याउन देश विदेशमा रहेका नेपालीले लाग्नुपर्ने बताउँदै आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिएका छन् । ‘अमर सुदूरपश्चिमेलीको छोरो हो,’ कार्यक्रममा सहभागी एमाले जिल्ल सदस्य शेरसिंह धामीले भने, ‘घरको सन्तान फर्काउन केन्द्रीय तहमा कुरा गर्छौं ।’ अमरलाई मृत्युदण्डको फैसलापछि घरको आर्थिक अवस्था अत्यन्त दयनीय हुन पुगेको छ । कर्ण बमका दुई छोरा रोजगारीमा भारततिरै बस्दै आएका छन् । ६५ वर्षीय कर्ण बमले परदेशमा मृत्युदण्डको सजाय पाएर जेलमा रहेको माइलो छोरो अमरसँगै बुहारी र घर गुजारा चलाउने चिन्तासमेत थपिएको बताए ।
राष्ट्रपति र प्रधानमन्त्री भेटेर फर्किएका अमरका बुवा कर्ण र धनिसालाई अमर फर्किने थोरै आशा जागेको छ । ‘उहालाई (अमरलाई) राम्ररी चिन्नै पाएकी छैन, बिहे भएको महिना दिनपछि घर आए पासपोर्ट बनाएको पनि कसैलाई जानकारी दिएनन,’ धनिसाले भनिन्, ‘चार वर्षदेखि फोनमा मात्रै कुराकानी हुन्छ, अब त मुख देख्न पाइने आशा छ ।’ बिहे गरेको २५ दिनमा रोगजारीका लागि भारत गएका बम महिना दिनपछि पासपोर्ट बनाउन एक दिनका लागि घर फर्केका थिए । ‘देशकै ठूला मान्छेले पहल गर्छौं भनेका छन,्’ कर्णले भने । सन् २००३ मा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न आरोपमा ३४ वषर्ीय बमसहित दुई भारतीयलाई दुबई अदालतले मृत्युदण्ड सुनाएको हो । बमसँगै भारतका मनोज मुदाना, करनसिंह राजपुत र स्मद कुलतलाई मृत्युदण्ड सुनाइएको थियो ।



