भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा असार पहिलो साता प्रकाशित गर्ने तयारी गरेको छ । गतवर्ष असार ६ गते परीक्षाफल प्रकाशित गरेको थियो ।
‘जतिसक्दो चााडो परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेकेा छ,’ उपनियन्त्रक अम्विकाप्रसाद रेग्मीले भने, ‘यही अनुसार काम भयो भने असार पहिलो साता नतिजा सार्वजनिक गर्छौ ।’
चैत ७ गतेदेखि सुरु भएको परीक्षामा पााच लाख १० हजार परीक्षार्थीले सहभागी जनाएका थिए । RSS



