पश्चिम रुकुमको सिम्लीमा भान्जाले ढुंगाले प्रहार गर्दा ३२ वर्षीय मामा मृत्यु

कमल थापा, 


रुकुम – पश्चिम रुकुमको सिम्ली गाविसका भान्जा खले कामीले ढुंगाले प्रहार गर्दा ३२ वर्षीय मामा सार्के कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

ढुंगा लागेर सार्के कामीको घटनास्थलमै ज्यान गएको हो। हत्यामा संलग्न खले कामीलाई नियन्त्रणमा लिएको पनि प्रहरीले बताएको छ।

स्थानीयबासीका अनुसार ढुंगा प्रहार गर्ने भान्जाको मानसिक सन्तुलन ठीक छैन।

मानसिक सन्तुलन गुमेका भान्जालाई हेर्न आएका मामालाई उनले एक्कासी ढुंगा हानेका थिए।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय रुकुममा पुर्‍याइएको छ।

अन्य समाचारहरु