दुबईमा नेपाली समाज युएईद्धारा अन्तरक्रिया कार्यक्रम गर्ने

लालबहादुर ढेंगा


दुबई, युएई । आगामी २९ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाली समाज युएईले युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुका साथ अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । सो अन्तरक्रिया कार्यक्रम खासगरी तीनवटा एजेण्डामाथि छलफल गर्नको लागि आयोजना गर्न लागेको हो । जसमा १. सम्मान कार्यक्रम, २. अमर बचाऊ अभियान र ३. विभिन्न समसायिक बिषयहरु रहेका छन् ।

सन् १९९० मा प्रवासी नेपालीहरुलाई आइपर्ने समस्याको समाधान गर्ने हेतुले स्थापना भएको सबैभन्दा पुरानो र माउं संस्थाको रुपमा रहेको नेपाली समाज युएईले युएईस्थित संचालनमा रहेको लगभग ८० वटा संघ संस्थाहरुको प्रतिनिधितत्व गर्दै आएको छ । छाता संस्थाको रुपमा भएको नाताले सम्पूर्ण नेपाली संघ संस्थालाई समेट्दै युएईस्थित रहेको नेपाली राजदूतावाससंग पनि राम्रो समन्वय गर्दै आइरहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा एनआरएन आईसीसीका संरक्षक देवमान हिराचनले विश्वमा रहेका नेपालीहरुको लागि दिएको अमूल्य योगदानलाई कदर गर्दै उहांलाई विशेष सम्मान पनि गरिने भएको छ । आफ्नो सामाजिक कार्यको सिलसिलामा दुबईमा आउने क्रममा उहांलाई सम्मान गरिने योजना रहेको नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनु भएको छ ।

सो अन्तरक्रिया कार्यक्रम खासगरी मृत्युदण्ड पाएका दार्चुलाका अमरबहादुर बमलाई कसरी बचाउने र