नुवाकोटमा ट्राफिक र प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका दुई दर्जन मोटरसाईकल फिर्ता नलग्दा थन्किए

 दुई दर्जन चोरीका मोटरसाईकल  जिल्ला प्रहरी कार्यालय नुवाकोटमा अलपत्रनुवाकोट जिल्लामा ट्राफिक र प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका दुई दर्जन मोटरसाईकल जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थन्किएका छन् ।

 

तीन वर्षदेखि नियन्त्रणमा लिइएका मोटरसाईकलसम्बन्धित धनीले फिर्ता नलग्दा थन्किएका हुन् । चेक जाँचका क्रममा कागजपत्र नपुगेका मोटरसाईकल नियन्त्रणमा लिई कागजपत्र ल्याएपछि फिर्ता गर्नेगरी प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

 

यसरी नियन्त्रणमा लिएपछि चोरीका मोटरसाईकल चढ्नेहरु सम्पर्कमा आउने गरेका छैनन् । यही आधारमा प्रहरीले मोटरसाईकल चोरीको हो होइन भन्ने पत्ता लगाउने गरेको छ । मोटरसाईकल धनी लिन नआएपछि फिर्ता पठाउनेसम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक नवराज मल्लले बताउनुभयो ।

 

नियन्त्रणमा लिएका मोटरसाईकलसम्बन्धित धनीलाई फिर्ता पठाउन यातायात व्यवस्था विभागबाट सवारी धनीको नाम, ठेगाना पत्ता लगाई सम्पर्क गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

अन्य समाचारहरु