
ती गोर्खाहरु कटौतीमा परेका बेलायती रक्षा क्षेत्रका २ हजार ९ सय मध्येका हुन् । दुतावासले जारी गरको बिज्ञप्तिमा सन् २००७ मा गोर्ख ब्रिगेडको आधुनिकीकरण गरेर १५ बर्षबाट सेवावधी २२ पुर्याएपछि संख्या बढेकोसमेत उल्लेख गरेको छ ।
कटौतीमा परेकाहरुलाई एक बर्ष अघि जानकारी गराइने र उनीहरुको गैरसैनिक क्षेत्रमा पुनस्थापना र रोजगारीमा सहयोग गरिनेसमेत उल्लेख गरिएको छ । – कान्तिपुर



