इलाममा वोक्सीको आरोपमा श्रीमान् सहित मिलेर एक महिलालाई चरम यातना दिएको खुलासा

इलामको एकतप्पागाउं बिकास समिति वडा नम्बर ७ मा वोक्सीको आरोपमा श्रीमान् सहित मिलेर एक महिलालाई चरम यातना दिएको खुलासा भएको छ । ३८ वर्षिय पदममाया योङहाङलाई बिगत १ महिनादेखि शारिरिक यातना दिइएको र अवस्था नाजुक भएपछि उपचारको लागि जिल्ला स्वास्थ्य चौकीमा लगेपछि मात्र घटना बाहिर आएको हो ।


पिडीतले पानी उमालेर हात डुबाइदिने, वोक्सीको शक्ति झार्न भन्दै सिरकले छोपेर श्रीमानसहितका युवाले थिच्ने, कुट्ने गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । अत्यधिक पीडा भएपछि महिला चिच्याँउंदा बोक्सी कराएको भन्दै धामीले अझै सिरकले छोप्न लगाएका थिए । घटनामा श्रीमान् जगत योङहाङ सहित धामी फौदसिङ लिम्वुसहितका चार स्थानीय युवा रहेका छन् ।


घटनामा प्रहरीले अहिलेसम्म श्रीमान् जगत योङहाङलाई मात्र नियन्त्रणमा लिएको छ । इलामका प्रहरी निरीक्षक गणेश वास्तोलाका अनुसार ज्यान मार्ने नियतले यस्तो घटना भएको बताउनुभयो । पिडित महिलाको धरानस्थित विपि कोइराला मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । – rss

अन्य समाचारहरु