काठमाडौंमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिंदा मोटर साइकलमा सवार युवतीको मृत्यु

काठमाडौंको जोरपाटीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिंदा मोटर साइकलमा सवार युवतीको मृत्यु भएको छ । जथाभावी हुँकिएको ट्यांकरको ठक्करबाट मोटरसाइकको पछाडि बसेकी अमृता तामाङको मृत्यु भएको हो ।

 

एसएलसी पास भएको खुशीयालीमा आफन्तहरुलाई मिठाई बाँडेर आफ्ना दाजूसंग मोटरसाइकलको पछाडि बसेर गईरहेकी अमृताको ट्यांरको ठक्करबाट मृत्यु भएको हो ।

 

ठक्करबाट गम्भीर घाइते भएका अमृताका दाजूको साँखुस्थित शंखरापुर अस्पतालमा उपचार भईरहेको छ । घटनापछि आक्रोशित स्थानीय वासिन्दाले ट्यांकर जलाई दिएका छन् भने दुइ वटा माइक्रो वस र दुइ वटा बसमा तोडफोड समेत गरेका छन् । घटनापछि जोरपाटी क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

 

प्रहरीले आक्रोशित भीडलाई पन्छाउन लाठी चार्ज समेत गर्नुपरेको थियो । – Agencies

अन्य समाचारहरु