– सन्तोष पौडेल
दोहा, कतार । अर्घाखाँची सेवा समाज कतारको यस महिनाको बैठक मुन्तजा पार्कमा सम्पन्न भएको छ।
अध्यक्ष युवराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको सो मासिक बैठकमा आगामी दिनमा गरिने कार्यक्रमको बिषयमा छलफल गरिएको थियो।
साथै बैठकले कतार पुलिसबाट पक्राउ परेका अर्घाखाँची अर्घा गाविस तिनका लिलाम्वर आचार्यलाई नेपाल फिर्ता पठाउने पहल स्वरुप दुई सय कतारी रियल सहयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी दुई साता अघि समाजले भेटघाट तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो।
सम्बन्धित समाचार: