चितवनमा विषालु च्याउ खाँदा बिरामी परेको परिवारका ५ मध्ये ३ जनाको मृत्यु

-दीपेन्द्र बडुवाल

 

भरतपुर – चार दिन अघि चितवनको कबिलास ७ जुगेडी चौकी स्थित जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेको परिवारका ५ मध्ये ३ जनाको मृत्यु भएको छ । सिकिस्त दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जुगेडीचौकीका बुद्धि बहादुर चेपाङले जंगलबाट तरकारीका लागि ल्याएको च्याउ खाँदा परिवारका ५ जना बिरामी भएको आफन्तले जनाएका छन् । उल्टी आउने, पखाला लाग्ने भएपछि बिरामीलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा शनिबार सांझ बुद्धिका साइला छोराको मृत्यु भएको थियो । आइतबार बिहान माइला छोराको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आइतबार अपरान्ह्र बुद्धीकी श्रीमती सुकमतिको मृत्यु भएको छ । गंम्भीर अवस्थाका बुद्धिको अस्पतालको मेडिकलवार्डमा उपचार भइरहेको छ । उनका जेठा छोराको आइसियुमा राखेर उपचार चलेको छ । दुवैको अवस्था चिन्ताजनक छ ।


बिषालु च्याउ खाएर दुई बर्ष अघि चितवनको लोथर ९ कान्दाका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।

अन्य समाचारहरु