एनआरएन यूएईको सारजाह समिती गठन/अध्यक्षमा राजु खड्का निर्बिरोध

– उमाकान्त पाण्डे “गाउंले”  

काठमान्डौ असार ४ – एनआरएन यूएईको सारजाह क्षेत्रीय समिती गठन भएको छ । एनआरएन युएईले आफ्नो क्षेत्रीय समिति विस्तार गरी त्यहा कार्यरत नेपालीहरुको पहुच सम्म सघलाई पुराउन भन्दै गत शुक्रबार क्षेत्रीय समिती विस्तार गरेको हो । एनआरएन यूएईका  केन्द्रीय सचिव गोपालप्रसाद कंडेलको अध्यक्षतामा बसेको एक भेलाले राजु खड्काको अध्यक्षतामा १ उपाध्यक्ष र २ सदस्य पछि राख्ने गरी १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।