युकेमा समर भेटघाट सम्पन्न

TPLS_Summer_1बेलायत । तमु प्ये ल्हु संघ युकेले गत शनिबार तमु परम्परागत रुपमा सामुहिक यज्ञ गरी बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गरेको छ । ओक फार्म कम्युनिटि हल फार्नबरोमा आयोजना गरिएको उक्त कार्यक्रममा पूजा लगायत विभिन्न रमाईलो खेलहरु र साँगितिक कार्यक्रम पनि समावेश गरिएको थियो ।


सो अवसरमा सौर्यमण्डल र वायुमण्डलमा रहेका ग्रहहरु र वातावरण सन्तुलन लगायत मानव जीवनको भलाईका लागि प्राकृतिक वोन धर्म अन्तर्गत गरिने पूजाहरु सम्पन्न गरीएको थियो । यी पूजाहरु गरिनाले प्राकृतिक तथा दैविक प्रकोपको रोकथाम गरी मानव जीवन र जगतलाई प्रगतिशिल र समुन्नत बनाउदछ भन्ने धार्मिक विश्वास रहेकोछ ।

कार्यक्रममा सहभागि सबैजसो महिला दिदि बहिनिहरुले आ