अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा गिता खत्री निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा गिता खत्री निर्वाचित हुनुभएको छ । समाजको हालै भएको अधिवेशनवाट गिता खत्री (न्यूयोर्क) अध्यक्षका अन्य दुई प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।


दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा खत्रीले २ सय ४१ भोटका साथ अध्यक्षका प्रत्यासी अन्य दुई प्रत्यासी कमला प्रसाई (८७) र  कृष्ण बजगाई (९३) लाई पराजित गर्नु भएको हो । यसैगरी बरिष्ठ उपाध्यक्षमा भने राधेश्याम लेकाली (नेपाल) निर्विरोध निर्वाचित हुनु भएको छ ।


यस्तै क्षेत्रिय उपाध्यक्षहरुमा एसिया क्रिशु क्षेत्री (म्यानमार) २ सय ५४ मत, यूरोपका तर्फवाट (बेलायत)का जगत राई नबोदित २ सय ८५ मत, उत्तर तथा दक्षिण अमेरिकाका तर्फवाट (फ्लोरिडा अमेरिका)का  डा विद्याराज सुवेदी २ सय ६५ मत, अष्ट्रेलिया तथा ओशियानाका तर्फवाट भिमसेन सापकोटा (स्वतन्त्र)तर्फवाट निर्विरोध चयन हुनु भएको छ ।


यसैगरी महासचिवमा कोलोराडो अमेरिकाका पदम विश्वकर्मा २ सय ४३ मत, सचिवमा टेक्सास अमेरिकाका बेदराज बस्नेत २ सय ७२ मतका साथ विजयी हुनु भएको छ । यसैगरी कोषध्यक्षमा भर्जिनिया अमेरिकाका नारायण अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।


निर्वाचन गर्नका लागि एचबी भण्डारी (मेरिल्यान्ड अमेरिका)को प्रमुख निर्वाचन आयुक्त रहनु भएको थियो । निर्वाचन कमिटीका अन्य निर्वाचन आयुक्तहरुमा विमल नेपाल (फ्लोरोडा अमेरिका), धनिराम सापकोटा (न्यूयोर्क), प्रकाश पौडेल माइला (टोक्यो, जापान) र उमा सुवेदी (काठमाण्डौ) नेपाल रहनु भएको थियो ।


यस्तै निर्वाचन परिवेक्षकहरुमा प्रोफेसर मोहन सिटौला (टेक्सास,अमेरिका), डाक्टर भिम कट्टेल (मेरिल्यान्ड,अमेरिका) र खेम भट्टचन (वासिङ्टन डिसी अमेरिका) रहनु भएको थियो ।