तेह्रथुम, असार १४ – तेह्रथुम सदरमुकाम म्याङलुङ वाट तलव लिएर विद्यालय तर्फ जादै गरेका दुई जना शिक्षकको साथ वाट अज्ञात समूहले १६ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।
सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेड बाट तवल लिएर जादै गरेका पोखरी उच्च मावी छातेढुंगाका कार्यालय सहयोगी चुडामणी घिमिरेको साथ बाट १२ लाख र सरस्वती निमावी छातेढुंगाका अर्का शिक्षक लोकनाथ पकुवालको साथ बाट ४ लाख ४ हजार गरी १६ लाख ४ हजार रुपैंया हिजो बेलुकी ८ बजे लुटीएको हो ।
विद्यालयका सम्पुर्ण शिक्षकको तलव लिएर आएका उनीहरुलाई छातेढुंगाको २ र ३ नम्वर वडाको विचको जंगलमा १५र१६ जनाको नकावधारी समुहले लुटेको पोखरी उच्च मावीका प्रध्यानाध्यापक मेदिनी संग्रौलाले बताए । लुटेरा समूहले खुकुरी र लाठी देखाएर पैसा लुटेको प्रअ संग्रौलाले बताए ।
प्रहरीले पैसा लुटिने दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको । पैसा लुट्ने लुटेरा समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पैसा लुटीएको स्थान सदरमुकाम म्याङलुङ वाट एक दिनको पैदल दुरीमा पर्छ । RSS