
नेपालका तीनजना युवा बिद्यार्थी अमेरिका, चीन र इजरायलमा नेपालको प्रतिभा प्रर्दशन गर्न जाने भएका छन् । राजधानीको नोबल एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरु प्रकाश बजगाई, सुमेश सिवाकोटी र शंकर ढुंगेलले यस्तो अवसर पाएका हुन् ।
राजधानीमा आज भएको एक कार्यक्रममा उनीहरुलाई एकेडेमीले सम्मान समेत गरेको थियो । सुमेश सिवाकोटी अमेरिकी राष्ट्रपति बाराक ओमाबाको बिशेष निमन्त्रणामा नेपालको तर्फबाट प्रमुख वक्ताको रुपमा भाग लिन अमेरिका जान लागेका हुन् ।
यसैगरी यूवा बैज्ञानिक प्रकाश बजगाईले अगष्ट २५ देखि ३१ सम्म इजरायलको राजधानी जेरुसेलममा बैठकमा नेपालको तर्फबाट प्रमुख वक्ताको रुपमा भाग लिनेछन् ।
यस्तै शंकर ढुंगेलले चीनमा हुने कार्यक्रममा भैतिक शास्त्रबारे नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नेछन् । RSS