ओमानमा पिल्सिएका श्रमिक महिलाहरु

 – शालीकराम आचार्य

 

मस्कट, ओमान । क्रियासील संस्थाका पदाधिकारीहरु तथा आफुलाई पत्रकार भनाउँदाहरुले नै दलाललाई संमरक्षण गरी उनीहरुका काला करतुत दबाएको पाइएको छ अथवा यहाँ सम्म भन्न सकिन्छ संस्थाको आडमा नै आफ्ना काला धन्दा चलाउने थलो बनाएका छन् ।

ओमानमा श्रमिक महिलाहरु माथि धेरै अत्याचार भई रहेको छ । ओमानको राजधानी मस्कट देखी ११ सय किलोमिटर टाढा रहेको सललाहमा नेपाली महिलाहरुको संख्या अधिक छ र त्यहाँ कुनै न कुनै महिलाहरु माथि यस्ता घटना हरु दिनहुँ घटेका हुन्छन् ति पिडीत महिलाहरु आफुलाई ओशार्ने दलाल लाई आफ्ना अभिभावक सम्झी आफ्नो बेदना पोख्छन् तर साहानूभूतीको सट्टा उनीहरुलाई ल्याउने र मोटो रकम उठाउने दलालहरुबाटै उल्टै झपार्ने, गाली गर्ने, कुटने सम्म गरेका छन् । आफ्नो बेदना पोख्न उनी पिडितहरु कहाँ जाने उनीहरु एस्तै दोहोरो अत्याचारमा पिल्सिएका छन् । एक तिरबाट परिवारको दबाव घरमा यस्तो उस्तो भयो धन चाहियो अर्का तिर बिरानो मुलुकमा अन्जान भाषा १६ देखी २० घन्टा कामको दबाव अनीको संग दुखः पोख्नु के गर्नु कसैलाई चिनेको छैन। चिनेकाले लुटने बाहेक केही र्गदैनन् अनी कोसगं रुनु ति महिलाहरु कसै संग पिडाका कुरा पोख्न नपाए पछी आत्महत्या सम्म गर्न पुग्छन् ।
 
 
पछिल्ला दिनहरुमा सललाह तथा मस्कटमा भएका आत्महत्या र हत्याका घटनाहरुलाई जोडन सकिन्छ । सललाहमा मारिएकी नमुना भट्टराई, निज्वामा मृतक फेला परेकी सिता खरेल लगाएत हालै मस्कटमा आत्महत्या गरेकी शर्मिला पराजुलीसम्मको बेदना यही छ । धेरै महिलाहरु ओमानमा मारिएका छन् । अनि हत्याराहरु आत्महत्या गरेको भनेर उम्कने गरेका छन् । प्रायःजसो सललाहमा नै नेपाली महिलाहरु अधिक रहेका छन् किन भने ति महिलाहरुलाई ओसार्ने दलालहरु पनि धेरैजसो महिलाहरु नै सक्रिय छन् । सललाहमा चेलीहरुको आत्महत्याको खवरले नेपालीहरुलाई स्तब्ध वनायो तर कती नेपालीहरुलाई थाहा छ उनीहरुसँग के भएको हो साएद छैन, तर उनिहरुले मर्नु मारिनु भन्दा पहिला गुहार अवस्य पनि मागे होलान् । उनीहरुले आफुलाई परेको दुखः समस्या पनि सुनाए होलान् तर उनीहरुलाई यहु पुराएर दुई तिन महिनाको तलव सम्म उठाए पछि वास्ता नै गर्नै छाडछन् । यस्ता धेरै महिलाहरु छन् जसलाई यी दलालले दिनरात लुटने गरेका छन् । जसको लागि उनीहरुले पासपोर्ट राहदानी सम्म नक्कली बनाएर नागरिक पहिचान नै बदल गरी पिडित नेपालीको पहिचानसंग खेलवाड गरेकाछन् । जसको परिणाम हुन रेणु गुरुङ जसलाई प्रमीला कार्कीको राहदानीमा ओमान पठाईएको थियो । जसले गर्दा रेणु गुरुङ उर्फ प्रमिला कार्की ११ वर्ष देखी ओमानमा भौंतारी रहेकी छन् । विदुरी लामा जसको राहदानी पासपोर्ट नक्कली भएकोले लामालाई घरमा बन्दी बनाएर बँधुवा मजदुर गराइएको छ । उसको गल्ती भनेको ति दलालहरु माथि गरेको विश्वास हो कतिबेला उनको नकली राहदानी पासपोर्ट बनाएर उनलाई ओमान पुराईयो । उनले त ति दलालहरु लाइ विदेश पठाए मार्पुत मोटो रकम मात्र बुझाएकी थिइन् । यसै गरी यी मानव तस्करहरुले चन्द्रा परियारलाई मधु देवी खड्काको राहदानीमा सललाह पुराए जसको कारण उनको शव पठाउन यतिका लामो समयः लाग्यो र दिनहुँ यस्तै महिला पुरुषहरुको भिड बढिरहेको छ ।
 
 
ओमानको सललाह प्रान्तमा बिगत आठ महिना देखी लमजुङ बेनीकी चन्द्रा परियारको लास शव गृहमा रहँदा सम्म कसैको ध्यान जान सकेको छैन । किन चन्द्रा परियारलाइ मधु देवी खड्का बनाएर ओमान पुराउने दलालले के गरेको छ । निशंन्देह दिवंगत परियारले आफैँ त अरुको राहदानीमा आफ्नो फोटा लगाएकी होइनन् होला फेरी उनको नक्कली राहदानी बनाएर उनलाई अर्कैको पहिचानमा ओमान पुरा्उने दलालले मोटो रकम दूबै पक्षबाट खाएका थिए । तर आज उनको मृत्यु पछि ति दलालहरुले वास्ता सम्म गरेनन् । केही नभए पनि चन्द्रा परियारले काम गर्ने मालिकबाट उनको हिसाबसम्म निकाल्न उचित सम्झेनन् या फेरी निकालेर आफैले तैँ चुप मैं चुप भनि मृत आत्मालाई पनि ति दलालहरु ले लुटेका त छैनन